दफा
समितिको गठन

३. समितिको गठन

(१) चौतारा अस्पतालको व्यवस्थापन र सञ्चालन गर्ने काम समेतको लागि चौतारा अस्पताल विकास समिति नामको एक समिति रहनेछ ।

(२) उपदफा (१) बमोजिमको समितिको गठन देहाय बमोजिम हुनेछः–

(क) लब्ध प्रतिष्ठित व्यक्तिहरूमध्येबाट मन्त्रालयले मनोनीत गरेको व्यक्ति – अध्यक्ष
(ख) अस्पताल रहेको क्षेत्रको सम्बन्धित गाउँ विकास समितिको अध्यक्ष – सदस्य
(ग) जिल्ला विकास समिति, सिन्धुपाल्चोकको अधिकृत स्तरको प्रतिनिधि – सदस्य
(घ) जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकको अधिकृत स्तरको प्रतिनिधि – सदस्य
(ङ) जिल्ला उद्योग वाणिज्य संघ, सिन्धुपाल्चोकको सभापति – सदस्य
(च) जिल्ला रेडक्रस सोसाइटी, सिन्धुपाल्चोकको अध्यक्ष – सदस्य
(छ) अस्पताल रहेको क्षेत्रको गाउँ विकास समितिको सम्बन्धित वडाका महिलाहरूमध्ये समितिबाट मनोनीत एक जना – सदस्य
(ज) स्वास्थ्य सेवामा संलग्न महिलाहरूमध्ये समितिबाट
मनोनीत एकजना – सदस्य
(झ) अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट – सदस्य–सचिव

(३) समितिको अध्यक्ष तथा मनोनीत सदस्यको पदावधि दुई वर्षको हुनेछ ।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भएतापनि अध्यक्ष तथा मनोनीत सदस्यले आफ्नो पदीय जिम्मेवारी पूरा नगरेमा वा समितिको हित विपरीत कुनै काम गरेमा मन्त्रालयले निजलाई जुनसुकै बखत हटाउन सक्नेछ । तर त्यसरी निजलाई पदबाट हटाउनु अघि सफाई पेश गर्ने मौकाबाट बञ्चित गरिने छैन ।